डा. केसीको ‘शून्यको मूल्य’ ले जित्यो उत्तम-शान्ति पुरस्कार

काठमाडौं । २०७९ सालको उत्तम-शान्ति पुरस्कार डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ लाई प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको कृति ‘शून्यको मूल्य’ लाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

पुस्तकमार्फत ’अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःख पीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत’ डा. केसीलाई पुरस्कार दिने निर्णय गरेको गुठीले जनाएको छ । उत्तम-शान्ति पुरस्कारमा ताम्रपत्रसहित १ लाख रुपैयाँ प्रदान गरिन्छ ।

साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२) मा प्रदान गरिने छ । गत वर्ष पत्रकार गिरीश गिरीले लेखेको संस्कृतिविद् सत्यमोहन जोशीको जीवनीमा आधारित कृति ‘सत्यमोहन’ ले उत्तम–शान्ति पुरस्कार प्राप्त गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस