गो एयरद्वारा मे २६ सम्मका सबै उडान रद्द

काठमाडाैँ । भारतीय गो फस्र्ट एयरलाइन्स (गोएयर)ले मे २६ सम्मका लागि सबै उडान रद्द गरेको छ । यसअघि एयरलाइन्सले मे १९ सम्मका लागि उडान रद्द गरेको थियो । “सन् २०२३ को मे २६ तारिखसम्म का लागि तय गरिएको गो फस्र्ट उडानहरु रद्द गरिएको छ ।

यसका लागि कम्पनीले खेद प्रकट गर्दछ । गो फस्र्टले भनेको छ, “उडान रद्द हुँदा भएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।

एयरलाइन्सले चाँडै नै भुक्तानीको सबै रकम पूर्ण फिर्ता गरिने बताएको छ । “उडान रद्द हुँदा तपाईँको यात्रा योजनामा बाधा पुगेको हुन सक्ने हामी स्वीकार गर्दछौं र हामी सक्दो सहयोग गर्न प्रतिबद्ध छौं,” विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले हालै आफ्नो सञ्चालनको कमजोरी र पुनः उत्थान अन्तर्गत तत्काल समाधानको लागि आवेदन दायर गरेको छ । “हामी पुनः र छिट्टै बुकिङ सुरु गर्न सक्षम हुनेछौं । धैर्यताका लागि कम्पनी यात्रुवर्गप्रति आभारी छ” एयरलाइन्सले भनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस