जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा

आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले आफ्नो सञ्जाल बढाउने क्रममा उक्त स्थानमा थप एक शाखा संचालनमा ल्याएको छ । आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख याचिरो किमोतो र एनआरएन जापानका उपाध्यक्ष टक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ भएको छ ।

शाखा कार्यालय उद्घाटनका क्रममा संक्षिप्त मन्तब्य ब्यक्त गर्दै आइएमईका प्रमुख कार्याकारी अधिकृत सुमन पोखरेलले विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आइएमईको नाम आउने हुँदा यसको छुट्टै पहिचान रहेको बताउदै पैसा पठाउने बिश्वाशिलो र भरपर्दो ब्राण्डको रुपमा आइएमईलाई लिएकोमा सबैलाई धन्यवाद व्यक्त गरे । हकाता शाखा प्रमुख रामकृष्ण श्रेष्ठले टोकियो पछि नेपाली विद्यार्थीहरुको बाहुल्यता फुकुओकामा रहेको हुनाले नेपाली विद्यार्थी सहित सबैको लागि सहज होस् भन्ने उदेश्यले फुकुओकामा शाखा विस्तार गरिएको बताए । साथै, उनले नयाँ शाखा विस्तारसँगै क्योदाई रेमिटेन्स ले फुकुओकामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुको लागि विशेष अवसरमा हुने छलफलमा निशुल्क बैठक हल उपलब्ध गराउने समेत बताए ।

कम्पनीले हाल सम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६ हजार १०० सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् छिटो र छरितो सेवा दिँदै आईरहेको छ।आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यसकम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्नेगरी १५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत्विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस