बजारको चक्रलाई सुक्ष्मरुपमा विश्लेषण गर्नुपर्छ : अम्बिकाप्रसाद पौडेल (कुराकानी)

  • प्रस्तुत छ, पुँजीबजार लगानीकर्ता अम्बिकाप्रसाद पौडेलसँग गरिएको कुराकानी :- 

तपाईँलाई पुँजीबजारको भविष्यवक्ता पनि भनिन्छ, यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
मैले पुँजीबजारलाई लामो समयदेखि नियालिरहेको छु । निरन्तररुपमा विगत २० वर्षदेखि यही बजारलाई पेशा बनाएको छु । कतिपयले बजारमा मेरो धेरै लगानी होला भनेर पनि सोच्नुहुन्छ । अनुभवी लगानीकर्ताका हिसाबले अर्थतन्त्रका धेरै विषयलाई नजिकबाट नियालेको हुनाले पुँजी बजार र अर्थतन्त्रलाई पनि बुझ्ने मौका पाएँ । अनुभव र अध्ययनकै कारण पुँजीबजारको नजिक पुग्छु । मैले भने अनुसार पुँजी बजार शतप्रतिशत चल्छ भन्ने पनि होइन । यो बजारको आफ्नै लय र सिद्धान्त हुन्छ । मलाई पुँजीबजारको लोभले अनि तत् समयको निर्णयले असर नपारेको होइन । पटकपटक समस्यामा पारेको छ । यही बजारकै अध्ययनका कारण मैले राखेका धारणाहरू मिल्न जान्छन् र भविष्यवक्ता भनिएको होला सायद !

पुँजीबजारको अहिलेको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
पुँजी बजारको अहिलेको अवस्थालाई हेर्नुपर्दा यो न्यून बिन्दुबाट माथि आएको हो । मैले १८०० लाई न्यून बिन्दु भन्दै आएको छु । बजारमा यो न्यून बिन्दु हो । यो २ पटकसम्म सोही बिन्दुलाई छोएर फर्किसकेको अवस्था हो । मेरो बिचारमा १८०० भन्दा तल बजार जाँदैन भन्ने नै हो । तरपनि समय समयमा बजारले त्यो बिन्दुलाई छोएर माथि आएको करिब करिब १ वर्ष हुन थालिसक्यो । हाम्रो हिजो र आजको अवस्थालाई मूल्यांकन गर्दा हिजोभन्दा आज राम्रो छ । विदेशी मुद्रा सञ्चिति र आयातको अवस्थालाई हेर्दा हिजोभन्दा आजको अवस्था ठिक छ । राजस्वले आफ्नो लक्ष्य अनुसारको राजस्व प्राप्ति भएको छैन भन्ने बाहेक अन्य सबै लयमा नै छ ।विदेशी मुद्राको सञ्चिति राम्रो भइसकेपछि आयातमुखी अर्थतन्त्र भएकाले धेरै क्षेत्रमा रोक लगाउने काम भयो । जसको असर राजस्वमा पर्‍यो । यसबाट लगानीकर्ताको मनोविज्ञान फरक हुन पुग्यो । डेटाका विषयमा सबैलाई जानकारी थिएन । अहिले लगानीकर्ताहरू धेरै जानकार हुनुहुन्छ । आँकडा विश्लेषण गर्ने क्षमता राख्नुहुन्छ । तत्काल सूचना प्राप्त हुने भएकाले त्यसको प्रतिक्रिया पनि तत्कालै आउने भयो । हिजोका दिनमा पनि अत्यन्तै अप्ठेरो अवस्थामा हामी पुगेका थियौँ । बिस्तारै माथि उठ्दैछौं । आगामी दिनमा पुँजीबजारमा लगानी गर्ने लगानीकर्ता निराश हुनुपर्ने अवस्था मैले देख्दिन । कम्तीमा ६ महिनादेखि १ वर्षसम्मको योजना बनाएर लगानी गर्दा यो क्षेत्रजस्तो प्रतिफल अन्यमा छैन ।

पुँजीबजारलाई जुवाघरका रूपमा पनि विश्लेषण गर्ने गरिन्छ नि ?
भन्नलाई जे भन्दा पनि हुन्छ । नबुझेको व्यक्तिले गर्ने विश्लेषणका पछाडि लाग्नुहुँदैन । त्यसोभए, समाजवादी र पुँजीवादी भनिएका देशहरूले पुँजीबजारको विकास र बिस्तार किन गर्थे होला रु क्यासिनोको विकास र बिस्तार गरेको भए हुनेथ्यो नि, हैन त रु पुँजीबजार जुवाघर हुँदै होइन । नबुझेको लगानीकर्ताले भन्ने कुरो हो । पुँजीबजारका आफ्नै मूल्य र मान्यता हुन्छन् । पुँजी बजारको सिद्धान्तलाई फलो नगरेपछि उसले लगानीकर्ताको सिद्धान्तलाई फलो गर्दैन । यो सबै वर्ग र तप्काका व्यक्तिले लगानी गर्ने थलो हो । यसले पुँजी निर्माणको आधार तय गर्छ । थोरै पुँजी हुनेले सानो र धेरै पुँजी हुनेले ठुलो लगानी गर्ने हो ।

पुँजीबजारको जोखिलाई कसरी न्यून गर्न सकिन्छ ?
बजारको एउटा चक्र हुन्छ । अर्थतन्त्रको पनि एउटा चक्र हुन्छ । त्यो चक्रलाई सुक्ष्मरुपमा विश्लेषण गर्नुपर्छ । बजार ३२००/३४०० हुँदा केही कम्पनीहरू Overpricing थिए होला । आजको दिनमा पनि केही कम्पनीहरू Overpricing होलान् । केही कम्पनी भने असाध्यै Underpricing छन् । यसलाई पहिचान गर्नुपर्छ । बजारको चक्र कसरी चलिरहेको छ भनेर ध्यान दिनुपर्छ । लगानीकर्ताले आफूले कहाँ लगानी गर्दैछु रु विगतको कम्पनीको अवस्था कस्तो थियो रु अहिले कसरी चलिराखेको छ रु विगतको मूल्य कति थियो रु अहिलेको मूल्य कति छ रु उच्चतम बिन्दुमा पुग्दा कतिसम्म थियो रु यति विचार गरेर लगानी गर्ने हो भने जोखिमलाई कम गर्न सकिन्छ ।

अर्को महत्वपूर्ण र बुझ्नैपर्ने विषय भनेको अर्काको देखासिखी गर्ने चलन हामीकहाँ छ । अरूले कमाएको सम्पत्ति देखेर हामी हावाको भरमा लगानी गर्छौँ । यसबाट नोक्सानी बेहोर्नुपर्छ । जसले नबुझी, नजानी, अध्ययन नगरी पुँजीबजारमा लगानी गर्छन्, अनि त्यस्ता पात्रहरूले शेयर बजारलाई जुवाघरका रूपमा चित्रित गर्ने हुन् ।

पुँजीबजारमा असाध्यै प्राविधिक ज्ञान आवश्यक हुन्छ । लगानी गर्न सबैभन्दा सजिलो तर जोखिमयुक्त क्षेत्र पुँजीबजार हो । यसको अध्ययन नगरेका, गहिराइमा नपुगेका र बुझाइका तह कम भएका लगानीकर्ता पुँजीबजारको जोखिममा पर्छन् । यसलाई न्यून गर्नका लागि पर्याप्त ज्ञान र बजारको बारेमा जानकारी लिनु आवश्यक छ । अल्पज्ञान भएमा यो क्षेत्रले नाफाभन्दा घाटा दिन्छ तर जसले यो क्षेत्रको विषयमा अध्ययन गरेर लगानी गर्न आएको छ उसले राम्रो प्रतिफल पनि प्राप्त गरेको छ ।

  • नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले स्वीकृति दिएका सबै देशहरू सुरक्षित : कार्यकारी निर्देशक डा. उप्रेती (अन्तर्वार्ता)

बोर्डसँग सम्पर्कमा नआईकन अथवा श्रम मन्त्रालयसँग सम्पर्कमा नआईकन जानेहरूले श्रमको स्वीकृति पाएका हुँदैनन् । श्रमको स्वीकृति पाएपछि हामीसँग सम्पर्कमा आएको बुझिन्छ अनि श्रमको स्वीकृति लिने बेलामा निश्चित दस्तुर वैदेशिक रोजगार कोषमा डिपोजिट गरेका हुन्छन् ।

प्रतिकृया दिनुहॊस