बझाङमा हिंसाका घटना बढ्दै, घटनाको मुख्य कारण मदिरा

पार्वती ऐडी

बझाङ । जिल्लामा महिला हिंसाका विभिन्न खाले घटना बढ्दै गएका छन् । जिल्लाको बिकट बस्तीमा अशिक्षा र अन्धबिश्वासले महिला हिंसाका घटना घटिरहेको एक तथ्याङ्गले जनाएको छ ।

जिल्लामा मदिरा बेच्ने र सेवन गर्ने कुनै मापदण्ड नबई जतिखेर पनि मदिरा सेवन गर्न पाईने भए पछि, जथाभावी मदिरा सेवनले महिला हिंसा र घरेलु हिंसामा ग्रामीण भेगकी महिला तथा बालबालिका पड्दै आएका छ । सदरमुकाम चैनपुर नजिकै रहेको डाडागाउँका दलित परिवारका महिलाहरुको पीडा झनै दयानिय बन्दै गएको छ कमाई खाउ भने एक सानो खेतको नाममा केहि पनि छैन खानै नपाउनाले दैनिकी घरबाट आएर अर्काको भारी बोकेर साँझ खानलाई एक केजी दालभातको गुजरा गर्नै महिलाले पनि साँझ घर गएपछि श्रीमानले श्रीमतीसंग जाँड खाएर झगडा गरेको जयपृथ्बी नगरपालिका ११ की काली बिकले बताएकी छन् ।

उनी भन्छन् ‘आफै काम गरी खाने मन लाग्छ तर हाम्रो नाममा एक मुठी उब्जीने जमिन पनि छैन् । नजिकैको ।रोकाया जातीहरुको हलीया बसेरै एक छाँक पेट पाल्न मात्र भैरहेको गुनासो पोखिन् । दिन भर सदरमुखकाम चैनपुरमा आएर मजदुरी गरी दिनको ३–४देखि चार सय मात्र रुपैया कमाउन सकिन्छ तर बिहान साझको छाक टार्नलाई पनि पुग्दैन् ।’

यस्तै घटनाको सिकार भएकी ३८ वर्षकी सुनिता भण्डारी पाँच बर्ष अघि श्रीमान मदिरा सेवन गरेकै कारण श्रीमानको मृत्यु भयो । हामी पाँच जनाको परिवार, श्रीमान मदिरा सेवन गरेर बिते पछि बिच्ल्लीमा पर्यौ । पछि अंसबण्डा माग्दा खेरी घर परिवारले दिन नमाने पनि आफु त परै जाओस् ३ छोरी र एक छोराले बिद्यालय पढ्न समेत पाएनन् । ‘श्रीमानका दाजुहरुलाई अंस, भाग बण्डाको कुरा गरेपछि आफुलाई बिभिन्न थरिका घरायसिय यातना दिलाए पछि माईतिघर गएर बसे पछि छोरा छोरी पढाउन र एक छाक पेट पाल्नको लागी सदरमुखकाम चैनपुर आएर नजिकैको बाउली खोलामा एक बर्ष सम्म निरन्तर गिट्टी कुटेर गुजरा चलाइ रहे ।’ उनले भनिन् –‘आफुले भोगेका पिडाहरु जिल्लाका बिभिन्न सरोकारवाला निकाय सामु हारगुहार गररेर अहिले अंस भन्नु बाटो सानो एक कोठा र सानो जमिन दिएको छ ।’

हिंसा पीडित महिलाहरुका लागी आत्मनिर्भर बनाउन तरकारी खेती र पसल व्यवसाय गर्न भन्दै १० हजार ऋण मागेर फलफुलको ब्यापर गर्दै आए । उनले भनिन् – ‘अहिले २ छोरी माईतीको घरमा छोडेकी छु । एक छोरा र एक छोरी मै संग सदरमुखकामकै निजी बोर्डिन बिद्यालयमा ३ कक्षामा पढिरहेका छन् ।’ जिल्लामा महिला अधिकार मञ्च २०६९ सालमा स्थापना भएर हिंसा पीडित महिलाको पक्षमा बोल्दै आएको महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीले बताइन् । उनले भनिन्– ‘जब सम्म जिल्लामा मदिर बन्द्र हुदैन्, तब सम्म महिला हिंसाका घटनाहरु पनि घटिरहन्छन् ।’ सबै भन्दा बढी घटना ग्रामीण भेगमा बस्दै आएकी दिदीबहिनीहरुले खेप्दै आएको छ । हिंसा पिडीत महिलाहरु र बालबालिकाहरुलाई बिभिन्न खाले पिडीतलाई राहत हुर्ने क्रियाकलाप गरिरहेको बताईन् ।

बिभिन्न खाले हिंसामा परेका बालकालिका, महिलाहरुको पक्षमा बोल्ने र सम्बन्धित निकायसम्म पीडितहरुको कुरा पुगाउन सहयोग गर्नको लागी जिल्लामा महिला अधिकार मञ्च २०६९ साल जेष्ठ २ गते बिधिवत रुपमा स्थापना गरी हिंसा खेपिरहेकाहरुलाई सहयोग गदै आएको सेफहाउस वाडेन सिता सिंहले बताइन् । उनका अनुसार स्थापना भएदेखि अहिले सम्म महिला अधिकार मञ्चसम्म पुगेर समाधान गरी निचोडमा पुर्याएका बार्षिक घटना २०६९–७० मा ४५ वटा घटना दर्ता भएका थिए भने ७०–७१मा ५४, ७१–७२ मा ७४, ७२–७३ मा ८०,७३–७४ मा ७८ र ७४–७५ मा ९१ घटना दर्ता भएका छन् । मञ्चमा दर्ता भएका घटनालाई आवश्यक कानूनी दायरामा ल्याई पीडितहरुलाई आत्मनिर्भर बनाउन बिभिन्न खाले क्रियाकलाप गदै आएको अध्यक्ष जोशीले बताईन् ।

एक वर्षको अवधिमा ९१ जना हिंसा पीडित बालबालिका र महिलाहरुलाई जिविकोपार्जन गर्न सिपमुलक तालिम र आर्थिक सहयोग, भौतिक सहयोग गरी आत्म निर्भरतामा सहयोग गरेको जोशीको भनाई छ । जिल्लामा खाद्यन्न भन्दा बढी मदिरा भित्रिन्छ, मदिरा सेवन र बिक्री गर्ने कुनै नियम छैन । स्थानीय सरकार र सरोकारवाला निकायको पनि यसतर्फ ध्यान जान जरुरी भने, मदिराको नियमनका लागि निश्चित कानून र मापदण्ड बनाउन आवशयक देखिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस