६१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । पाल्पामा बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् । ६१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुधबार दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–६ घर भई पाल्पाको तानसेन नगरपालिका–६ मा खानेपानी ट्यांकी निर्माणको काम गर्दै आएका ५६ वर्षीय महताम लोध र रुपन्देहीकै कोटहीमाई गाउँपालिका–२ का १८ वर्षीय एक किशोर छन् ।

गएको मंगलबार उनीहरूले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ …

प्रतिकृया दिनुहॊस