कांग्रेस छोडेका स्वर्णिमले लिए रास्वपाको सदस्यता

काठमाडौँ । नेपाली कांग्रेस पार्टी परित्याग गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेले राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता लिएका छन् ।

पार्टी परित्याग गरेको घोषणा गरेसँगै बिहीबार दिउँसो नै रास्वपा सभापति रवि लामिछानेसँग वाग्लेले छलफल गरेका थिए । छलफलपछि अनलाइन आवेदन दिएर उनले १ हजार लेबी बुझाएर रास्वपाको सदस्यता लिएको रास्वपा सांसद मनिष झाले बताए ।

वाग्लेले तनहुँ १ बाट उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिने भएका छन् । कांग्रेसमा देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानमा परेको भन्दै उनले कांग्रेस पार्टी परित्याग गरेको घोषणा बिहीबार दिउँसो गरेका हुन् ।

यो पनि : स्वर्णिम वाग्लेले लेखे शेखरलाई पत्र- देउवा-आरजु गिरोहको हेपाईले कांग्रेसमा रहन सकिनँ

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस