उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त, को कहाँ ?

काठमाडौँ । निर्वाचन आयोगले आउँदो वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ ।

न्याय परिषद्को परामर्शमा चैत १८ गतेदेखि लागू हुने गरी बिहीबार जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । उनका अनुसार चितवन–२ का लागि जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा–२ का लागि जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ–१ का जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य नियुक्त भएका छन् ।

उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ । निर्वाचनका सबै कार्यक्रम यही चैत १८ गतेदेखि खुल्ने मुख्य निर्वाचन अधिकृतहरूको ती कार्यालयहरूबाट सञ्चालन हुने आयोगले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा …

प्रतिकृया दिनुहॊस