वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्दै सिद्धार्थ बैंकले मनायो ‘ग्लोबल मनी वीक’

काठमाडौं । सिद्धार्थ बैंकले ‘ग्लोबल मनी वीक २०२३’ वित्तीय साक्षरता कार्यक्रमहरूका साथै अन्य कार्यक्रमहरूको आयोजना गरी सम्पन्न गरेको छ। बैंकले २०२३ मार्च २० देखि २६ सम्म सप्ताहव्यापी अभियान आयोजना गरी ‘ग्लोबल मनी वीक २०२३’ मनाएको हो।

ग्लोबल मनी विक २०२३ को थिम ‘प्लान योर मनी, प्लान्ट योर फ्युचरु र ग्लोबल मनी विकको स्थायी नारा ‘लर्न सेभ अर्न’ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो।

बैंकले कोशी प्रदेशमा १७ वटा, मधेश प्रदेशमा ८ वटा, बागमती प्रदेश (उपत्यका भित्र) मा ५१ वटा, बाग्मती प्रदेश (उपत्यका बाहिर) मा ७ वटा, गण्डकी प्रदेशमा ४ वटा, लुम्बिनी प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा एउटा र सुदुरपश्चिम प्रदेशमा ५ वटा गरी कुल ९८ वटा विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।

जसमा २ हजार ११८ जना महिला र २ हजार ७२ जना पुरुष गरी कुल ४ हजार १९० जनाको सहभागिता रहेको थियो।

यसैगरी, बैंकले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना जोगाउने उद्देश्यले फेसबुकमा सात दिन दैनिक क्विज प्रतियोगिता र टिकटकमा ‘बैंकमा बचत गर्नुका फाइदाहरू’ को शीर्षकमा भिडियो कन्टेस्ट आयोजना गरेको थियो।

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पुर्‍याउने र हरेक वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरू सञ्चालन गरेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस