मन्त्रालय टुङ्गो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्तारुढ राजनीतिक दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषय टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । कुन दलले कति मन्त्रालय लिने विषय भने बुधबार नै टुंगिएको छ ।

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रीको भागबण्डा मिले पनि मन्त्रालयको बाँडफाँट टुंगो लागेको छैन । मन्त्रालयको बाँडफाँट गर्ने अधिकार आफूलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मागेका थिए । प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्नेबारे आफूले गरेको मन्त्रालयको बाँडफाँट निर्णय सुनाउने बताइएको छ ।

बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत र जनमोर्चा बाहेक सबै दलका शीर्ष नेता सहभागी छन् । जिम्मेवारी लिने मन्त्रालय टुंगिनसाथ मन्त्रिपरिषद् विस्तार हुनेछ । कांग्रेसले अर्थ मन्त्रालयको दाबी गरिरहेको छ । त्यस्तै, माओवादी केन्द्र गृह मन्त्रालय नछाड्ने रणनीतिमा छ । प्रधानमन्त्री कार्यालय सचिवालय सदस्य गोकर्ण भट्टले जिम्मेवारी लिने मन्त्रालय टुंग्याउन सत्तारुढ दलबीच बैठक सुरु भएको बताए ।

मन्त्रालय भागबण्डाका लागि सत्तारुढ १० दलबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । सोही बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो । सहमति अनुसार कांग्रेसले अर्थसहित ८ मन्त्रालय पाएको छ । माओवादी केन्द्रको भागम प्रधानमन्त्रीसहित पाँच मन्त्रालय परेको छ । त्यस्तै, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीको भागमा दुई–दुई मन्त्रालय परेको छ । बाँकी जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले एक–एक मन्त्रालय पाउने भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस