नयाँ वर्षमा बससेवाले ल्यायो सुनको हार उपहार योजना

काठमाडौँ । नेपालमा अनलाइनमार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले ‘सुनको हार’ उपहार योजना सार्वजनिक गरेको छ। नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरूलाई लक्षित गर्दै यो योजना ल्याएको कम्पनीले जनाएको छ।

चैत १५ गतेदेखि वैशाख ५ गतेसम्म लागु हुने यस योजनामा सहभागी यात्रुहरूले अनलाइन मार्फत टिकट काटेको हुनुपर्नेछ। साथै आफू जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुहरूलाई अग्रिम टिकट काट्न बानि बसाल्न पनि यस किसिमको योजना सञ्चालन गरिएको हो।

२० दिनको अवधिमा अनलाइनमार्फत टिकट काट्ने यात्रुहरूमध्ये एक जनाले गोलाप्रथा मार्फत सुनको हार जित्न सक्नेछन् भने अर्का २ जना विजेताले कम्पनीको तर्फबाट आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।

बससेवाबाट नेपालका अधिकांश रूटहरूका बस टिकट अनलाइनमार्फत काट्न सकिन्छ। यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेसन तथा अन्य सेवा प्रदायकका मोबाइल एप्लिकेसनबाट टिकट काट्न सक्नेछन्।

बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध छन्। जसबाट १ सय ८० वटा बस कम्पनीका ३५ हजार सिट बुक गर्न सकिन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस