पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले पहाडी भू-भागहरूमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ । पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार भने देशका पहाडी भू-भागका साथै तराईका एक-दुई स्थानमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस