गठबन्धनमा भागबण्डा मिल्यो, कसले कति मन्त्रालय पाए ?

काठमाडौँ । सत्ता साझेदार १० दलीय गठबन्धनमा मन्त्रिपरिषद् भागबण्डाको खाका तयार भएको छ । बालुवाटारमा बसेको बैठकले उक्त खाका तयार पारेको हो ।

खाकाअनुसार कांग्रेसले ८, माओवादी ५, एकीकृत समाजवादी २, जसपा २, जनमत १, लोसपा १, नाउपा १, नेसपा १, आजपा प्रभु साहले १ मन्त्रालय पाउने भएका छन् । तर जसपा र नेकपा एसले आफूहरुलाई ३/३ मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३ राज्यमन्त्रीसहित २५ जना मन्त्रीहरूको मण्डल बनाउन पाउँछन् । तत्काल सत्ता गठबन्धनमा रास्वपालाई तत्काल सरकारमा नलानेसमेत कुरा भएको छ । दिउँसो सास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेका थिए । तर प्रधानमन्त्रीले गृह मन्त्रालय रास्वपालाई दिन नचाहेको बुझिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘तीन वटा राज्यमन्त्री कसकसलाई दिने भन्ने कुराको टुंगाे लागिसकेकाे छैन । एक राज्यमन्त्री स्वतन्त्र सांसदलाई, एक नेकपा एसलाई र १ नेपाली कांग्रेसलाई पर्न सक्ने सम्भावना छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस