‘हाम्रो पे’ का प्रयोगकर्ता पहिलो महिनामै एक लाख बढी

काठमाडौं । नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’ अन्तर्गतको डिजिटल वालेट ‘हाम्रो पे’ सुरु भएको एक महिनामै एक लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । हाम्रो पात्रोका प्रयोगकर्ताले छुट्टै एप डाउनलोड गर्नु नपर्ने र सहजै खाता खोल्न सकिने भएकाले प्रयोगकर्ताको आकर्षण उल्लेख्य देखिएको हो ।

‘हाम्रो पे’ विशेषगरी मोबाइल टपअप, बिजुली, खानेपानी, इन्टरनेट, टीभी लगायतको बिल तिर्न बढी प्रयोग हुन थालेको छ । यसबाहेक नेपाल पे क्यूआर राखिएका मर्चेन्ट, विभिन्न सुपर स्टोर तथा ग्रोसरी स्टोर लगायतका स्थानमा समेत हाम्रो पात्रोबाटै भुक्तानी गर्न सकिन्छ ।

प्रयोगकर्ताले एपमा रहेको ‘स्प्लिट एण्ड पे’ फिचर निकै रुचाएको कम्पनीले जनाएको छ । यो फिचर साथीहरूबीच मिलेर बिल तिर्नका लागि उपयोगी छ ।

हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ कम्पनीले गत ५ फागुनमा डिजिटल भुक्तानी सेवाको रुपमा हाम्रो पे ल्याएको थियो । जसमा ‘स्प्लिट एण्ड पे’ का साथै कहाँ कति खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउन खर्च ट्र्याक गर्ने, विभिन्न छ ओटा स्थानीय भाषामा प्रयोग गर्न सकिने जस्ता मौलिक फिचर समेत रहेका छन् ।

त्यस्तै प्रयोगकर्ताको सहजताका लागि ‘लाइभ च्याट सपोर्ट’ समेत उपलब्ध छ । हाम्रो पेलाई आगामी दिनमा हाम्रो पात्रोमा उपलब्ध हुने मिनी एपमार्फत गरिने खरिदको भुक्तानीमा समेत प्रयोग गर्न सकिने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस