कृषि विकास बैंकले ११ प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा मंगलबार सम्पन्न भएको छ ।

वृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तु/सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २८० वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरुमध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको कृषि विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकका करिव ३ लाख ६० हजारको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफलस्वरुप चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पास गरेको छ ।

साधरणसभामा वक्ताको रुपमा सहभागि शेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले शेयरधनी महानुभावहरुबाट प्राप्त सुझावलाई समेत आधार बनाई अगामी दिनमा बैंकलाई थप शसक्त रुपमा अगाडि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरे । शेयरधनीहरुको वाक्लो उपस्थिति रहेको उक्त साधरण सभामा विभिन्न निकाय,संघ,संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक सञ्चालक समितिका सदस्यहरु सुमन दाहाल, डा.राजेन्द्र मिश्र, संजिव पौडेल, हरिप्रसाद पराजुली, रीता सुवेदीको उपस्थिति रहेको थियो ।

कृषि विकास बैंकको सञ्चालक समितिमा समूह (ख) सर्वसाधरण शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालकहरु सदस्य क्रमशः गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, तथा विनोद कुमार गुरागाईँ आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएको घोषण प्रमुख निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) यदुनाथ खनालले गरेका थिए ।

साधारण सभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस