‘कामिनो’ मा वर्षा, नीति, सौगातदेखि भोलासम्म

काठमाडौं । चलचित्र ‘कामिनो’को कलाकार चयन कार्य समापन भएको छ । दीपक ओलीको निर्देशनमा निर्माण हुने चलचित्रमा केही समयअघि प्रदीप खड्का, वर्षा शिवाकोटी, नीति शाह हुँदै राजबल्लभ कोइराला अनि शुक्रबारमात्रै अर्का अभिनेता सौगात मल्ल अनुबन्धित हुनुभएको थियो ।

निर्माण पक्षले ‘कामिनो’मा भोलाराज सापकोटा, प्रविण खतिवडा, रविन्द्र झा, कुलदीप अधिकारी र आइपी आचार्यलाई अनुबन्ध गरेसँगै नेपाली कलाकारको ‘लाइन अप’ पूरा भएको जनाएको छ ।

एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनील विष्ट गौली कार्यकारी निर्माता रहेको चलचित्रको स्क्रिप्ट महेश दवाडीले लेख्नुभएको हो । नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायांकन हुने चलचित्रको प्रमुख नेपाली कलाकार फाइनल भए तापनि एकजना भारतीय र एकजना ब्राजिलेयिन कलाकार भने छनौट गर्न बाँकिरहेको बताइन्छ ।

‘प्रमुख नेपाली कलाकार चयन कार्य सकिएको छ,’ निर्देशक ओलीले भन्नुभयो, ‘बाँकी विदेशी कलाकार केही दिनमै फाइनल गर्छाै ।’ वैशाख दोस्रो साताबाट छायांकन सुरु गरिने चलचित्रको हाल ओर्कसप कार्य भइरहेको छ । सौरभ लामाले खिच्ने चलचित्रमा एसडि योगी, अलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन छ ।

दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रको सहायक निर्देशकमा सागर श्रेष्ठ हुनुहुन्छ । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाउनुभएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस