नबिल बैंकले सार्वजनिक गर्‍यो हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन

काठमाडाैं । नबिल बैंकले सन् २०२२ को हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्सिङ डिभिजनअन्तर्गत भएको कर्जा तथा लगानी पोर्टफोलियोबाट उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।

नबिल बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) को प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेमध्ये एक हो । आईपीएफ पोर्टफोलियोमा ऊर्जा, सिमेन्ट, वायुसेवा, दूरसञ्चार सेवा र अन्य व्यावसायिक क्षेत्रमा भएका विभिन्न लगानी र प्रवाह भएका कर्जा पर्छन् ।

प्रतिवेदनअनुसार सन् २०२२ मा आईपीएफको कार्बन उत्सर्जन ८० हजार ६ सय ७१.३७ टनबराबर भएको पाइएको छ । बैंकले निर्माण, वायुसेवा र इन्टिग्रेटेड टेलिकम्युनिकेसन सर्भिसमा गरेको १० करोड ४० लाख डलर कर्जा तथा लगानीमा उक्त परिमाणको उत्सर्जन देखिएको हो। यी तीनवटा क्षेत्रमा बैंकको डेटा क्वालिटी स्कोर क्रमशः ४, ४ र २ रहेको छ ।

साथै जलविद्युत् र सौर्यऊर्जातर्फको लगानीले २ हजार १ सय ३१.८१ टन कार्बन उत्सर्जन रोक्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । जसमा बैंकले २ करोड ८० लाख डलर कर्जा तथा लगानी गरेको छ। यी दुईमा बैंकको डेटा क्वालिटी स्कोर क्रमशः ३, ३ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स तलब बचत खाता : ग्राहकलाई फाइदै फाइदा

काठमाडौं । ‘युओर पाटर्नर फर प्रोग्रेस’ अर्थात् प्रगतिको लागि तपाईंको साथी । यो नारा हो …

प्रतिकृया दिनुहॊस