प्रधानमन्त्री थ्री नेसन्स कप : लाओसमाथि नेपालको शानदार जित

काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा लाओसमाथी २-० गोलको नतिजामा जित निकाल्दै नेपालले शानदार सुरुआत गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २- ० ले पराजित गरेको हो ।

खेलको ३२ औं मिनेटमा हेडिङमार्फत् अनन्त तामाङले गोल गरे भने दोस्रो हाफ सुरू भएसँगै ५५ औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गरेका थिए । नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ । त्यसअघि माघ ११ मा लाओस र भुटानबीच खेल हुनेछ ।

समूह चरणका सबै खेल साँझ ६ बजे सुरू हुनेछन् । फाइनल चैत १७ मा साँझ ५ : ३० बजे हुनेछ । नेपालका चार खेलाडीले डेब्यू गरे । डिफेन्डर शनिष श्रेष्ठले सुरुआती ११ मा स्थान बनाएका थिए । खेलको ७४औं मिनेटमा नबिन लामाको स्थानमा मिडफिल्डर मणि कुमार लामा मैदान प्रवेश गर्दै नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेले ।

सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका सातदोबाटो युथ क्लबका दीपक राज सिंह ठकुरीले खेलको ८२औं स्थानमा नवयुग श्रेष्ठलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका थिए ।

खेलको इन्जुरि समयमा सुमित श्रेष्ठले आयुष घलानको स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि पहिलो खेल खेल्ने मौका पाए । पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका चारै खेलाडीले प्रतियोगिताको पहिलो खेलमै डेब्यू अवसर पाएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस