१० दलीय गठबन्धनको बैठक : प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति

काठमाडौं । सत्ता साझेदार १० दलबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलका शीर्ष नेताहरुको बैठकले यस्तो सहमति गरेको हो ।

प्रतिनिधिसभामा सोमबार सरकारले विश्वासको मत लिने कार्यक्रम छ । त्यसका लागि १० दलले एकै ठाउँमा उभिने सहमति गरेका छन् । एमाले, राप्रपालगायत पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड पुनः विश्वासको मत लिन लागेका हुन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका उनले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस