डा चन्द्र भण्डारीसँग भेटघाट निषेध, कस्तो छ पछिल्लो स्वास्थ्य ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट जलेको अनुहारको छाला राम्रो हुँदै गएको हो ।

भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए । ‘डा भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ’, डा भण्डारीका दाजु मीनप्रसादले भने ।

स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएकाले तत्काल शल्यक्रिया गर्न आवश्यक नभएको डाक्टरले बताएको उनले बताए । सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ । आज भण्डारी अस्पताल भर्ना भएको ३१औँ दिन हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठग र गृहमन्त्री एउटै हुन् भनेर जाँच्ने क्षमता प्रहरीमा देखिएन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय …

प्रतिकृया दिनुहॊस