इ-सेवा मनी ट्रान्सफरले सार्वजनिक गर्‍यो विजेतालाई प्रदान गर्ने घर

काठमाडाैं । इ–सेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गर्ने घर सार्वजनिक गरेको छ। इ–सेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरूवात गरेको हो।

यस अभियानमा इसेवा मनी ट्रान्सफरमार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नेछन्। कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गर्ने घर सार्वजनिक गरेको हो।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्ने कम्पनीले बताएको छ।

साथै, सेवाग्राहीहरूको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना दुई महिनाको लागि थप गरी २०८० साल ६ जेठसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

सेवाग्राहीहरू यस अवधिमा इ–सेवा मनी ट्रान्स्फरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुन पाउने कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशमा रहेका नेपालीहरूको उत्साहजनक सहभागिता एवं सेवाग्राहीहरुलाई बम्पर उपहार जित्ने अझ धेरै मौका प्रदान गर्नका लागि यो योजना दुई महिना थप गरिएको बताए।

बम्पर उपहारको छनोट प्रक्रिया १२ जेठ २०८० सम्म सञ्चालन हुने कम्पनीको भनाइ छ।

इ–सेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इ–सेवा वालेटका ६८ लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।

इ–सेवा मनि ट्रान्सफरले सेवाग्राहीहरूलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इ–सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस