उपराष्ट्रपति निर्वाचनको मतदान सकियो

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनका लागि मतदान सकिएको छ । संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८२९ मत खसेको छ ।

प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३११ र प्रदेशसभातर्फ ५१८ सांसदले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको मतदानमा संघीय संसदतर्फका ३३२ र प्रदेशसभामाका ५५० सांसद मतदाता थिए ।

राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ सांसद मतदानमा सहभागी भएनन् । त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित रहे ।

यसैबीच जसपाका सांसद सहनाज रहमानको मृत्यु भएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ सम्मका लागि मतदानको समय तोकिएको थियो । शुक्रबार साँझ नै मतगणना सम्पन्न गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस