‘प्रेमा’को ‘फूल यो चुँडेर’ सार्वजनिक

काठमाडौं । यही १७ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमा’को ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

चलचित्रका प्रमुख तीन कलाकार शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्रीलाई फिचरिङ गरिएको गीतमा अरुणले प्रेमको पीडा पोख्नुभएको छ । गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरेको देखाइएको छ ।

गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो । गीत बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानलमार्पत सार्वजनिक गरिएको हो । काठमाडौं, धनगढी र कर्णालीमा छायांकन गरिएको चलचित्रमा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को अभिनय छ ।

चलचित्रलाई गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गर्नुभएको हो । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको चलचित्रमा सुशान्त गौतमको संगीत, सुशान्त, सविन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डिओपी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस