सरकारले नेपाली क्रिकेट टिमका सदस्यलाई जनही ३/३ लाख दिने

काठमाडौँ । सरकारले विश्वकप क्वालिफायरमा छनौट भएको नेपाली क्रिकेट टिमका सदस्यहरूलाई जनही ३-३ लाख रकम पुरस्कार स्वरूप दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार युएईलाई पराजित गर्दै विश्वकप क्वालिफायरमा पुगेको नेपाली टिमलाई ३-३ लाख रकम पुरस्कार दिने घोषणा गरेका हुन् ।

नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत शीर्ष तीनमा रहेर विश्वकप क्वालिफायरमा छनौट भएको हो । नेपालले आफ्ना पछिल्ला १२ मध्ये ११ खेल जितेर यो सफलता हासिल गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस