ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट

काठमाडाैं । ग्लोबल आईएमई बैंकका ग्राहकले मेट्रो मार्टका स्टोरहरूबाट किनेको सामान भुक्तानीमा क्यूआर प्रयोग गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस योजनाअर्न्तगत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ ।

‘एक पटकको खरिदमा १ सय रुपैयाँसम्म र योजना अवधिभर ३ सयसम्म छुट पाइनेछ’ बैंकले विज्ञप्तिमार्फत भनेको छ । यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरुमा लागू भएको बैंकले जनाएको छ । बैंकका शाखा ७७ वटै जिल्लामा पुगेका छन् । बैंकका देशभर कुल ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखा रहित बैंकिङ सेवा संचालनमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस