सामसङ ग्यालेक्सी एम०४ को प्रि-बुकिङ सुरू, कति पर्ला मूल्य?

काठमाडाैं । सामसङ नेपालले ग्यालेक्सी एम सिरिज अन्तर्गतको नयाँ स्माटर्फोन ग्यालेक्सी एम०४ को लागि प्रि-बुकिङ खुलाएको छ। कम्‍पनीले आइतबारदेखि उक्त स्मार्टफोनको लागि प्रि-बुकिङ खुलाएको कम्पनीले जनाएको छ। ग्राहकहरूले दराज नेपालबाट फोनको प्रि-बुकिङ गर्न सक्नेछन्।

नयाँ ग्लेक्सी एम०४ ले नयाँ युवा पुस्तालाई आकर्षित गर्नेमा काम्पनी सकारात्मक छ। कम्पनीका अनुसार सोही प्रकारले यो फोन डिजाइन गरिएको छ भने विशेषताहरू पनि नवीन प्रविधिका साथ समावेश गरिएको छ।

ग्यालेक्सी एम०४ मा ८ जिबी र्‍याम दिइएको छ भने यसमा भएको र्‍याम प्लस फिचरको प्रयोगमा स्टोरेज थप बढाउन पनि सकिन्छ। यसको क्षमता १ टिबीसम्मले बढाउन सकिन्छ। यो फोन मिडियाटेक हेरियो पी-३५ प्रोसेसरमा आधारित छ भने यसको स्क्रिन प्रदर्शनी लगायत विशेषताहरू पनि राम्रो छ।

ग्यालेक्सी एम०४ मा ६.५ इन्चको डिस्प्ले छ। यो स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्री दिइएको छ जसले गर्दा फोनको चार्ज लामो समयसम्म टिक्छ। यसमा पावर-सेभिङ मोड पनि छ जसले गर्दा ब्याट्री खपतलाई कम गर्न सकिन्छ।

यसमा भएको एआई पावर म्यानेज्मेन्टले गर्दा फोन तीन दिनसम्म नचलाएको खण्डमा एपहरूलाई ‘स्लिप’ मोडमा राखिदिन्छ।

नयाँ ग्यालेक्सी एम०४ चार वर्षको सेक्युरिटी अपडेटसहित आउँछ भने दुई पटक अपरेटिङ सिस्टम (ओएस) अपग्रेड गर्न सकिन्छ। जसले गर्दा फोन छिट्टै आउटडेटेड (पुरानो) हुँदैन।

सामसङ नेपालले ग्यालेक्सी एम०४ सुरुआती बजार मूल्य १५ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ। सो मूल्यमा ४ जिबी प्लस ६४ जिबी भेरियन्ट ग्यालेक्सी एम०४ उपलब्ध छ। त्यस्तै ४ जिबी प्लस १२८ जिबी भेरियन्टको बजार मूल्य भने १७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ।

कम्पनीका अनुसार नयाँ ग्यालेक्सी एम०४ निलो र हरियो गरी दुई रंग विकल्पमा उपलब्ध छन्। निलो रंगको ग्यालेक्सी एम०४ दराज नेपालमा मात्रै उपलब्ध हुने समेत कम्पनीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस