सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबार

काठमाडाैं । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट सुरु भएको छ। एकीकृत कारोबारसँगै नयाँ कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कायम भएको हो। यी दुई कम्पनी १००ः८० को स्वाप रेसियोमा मर्जरमा गएका हुन्।

हालसम्म ६ निर्जीवन बीमा मर्ज भई एकीकृत कारोबार सुरु गरिसकेका छन्। सगरमाथा र लम्बिनी इन्स्योरेन्सको मर्ज निर्जीवन बीमा कम्पनीहरुको चौथो मर्जर हो। एकीकृत कम्पनीको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका मनोहरदास मूल रहनेछ।

प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सगरमाथा इन्स्योरेन्सका चंकी क्षेत्रीले सम्हाल्ने सहमति भएको छ। हाल सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ र लुम्बिनी जनरलको एक अर्ब ३१ करोड रुपैयाँ छ। मर्जरपछि यी कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस