असारभित्र बाह्रबिसे सबस्टेसन निर्माण सक्न चिनियाँ कम्पनीलाई कुलमानको चेतावनी

काठमाडाैँ । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन र सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थल निरीक्षण भ्रमण गर्दै आउँदो असारभित्र निर्माणको काम सक्न कम्पनीहरूलाई चेतावनी दिएका छन् । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटमध्ये भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिने छ । आयोजना असारभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ ।

यो सबस्टेसन निर्माण नभएमा मध्यभोटेकोसीको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नसकी खेर जाने छ । कार्यकारी निर्देशक घिसिङले त्यस्तो अवस्था आएमा १०२ मेगावाटको विद्युत् आयोजनाले बिक्री गरेर दैनिक रूपमा प्राप्त हुने आम्दानी हिसाब गरी ठेकेदार कम्पनीले बेहोर्नु पर्ने चेतावनी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भूमिगत तार पड्किँदा चितवनमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा …

प्रतिकृया दिनुहॊस