सागर लम्साल ‘बले’ लाई पितृशोक

काठमाडौं । बरिष्ठ लोकगायक एवं कलाकार सागर लम्साल ‘बले’ का बुवा राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ ।

लामोसमयदेखि स्पेनमा बस्दै आएका लम्सालको निधन भएको अमेरिकामा रहेका बरिष्ठ लोकगायक भगवान् भण्डारीले जनाएका छन् । भण्डारीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, दुःखद खबर ! आदरणिय अग्रज राजेन्द्र लम्साल दाजु हजुरको बैकुण्ठ बास् होस् । हार्दिक श्रद्धा सुमन !’

लामोसमयदेखि स्पेनमा रहेका लम्सालको स्पेनमै निधन भएको पारिवारिक स्रोतबाट थाहा भएको छ । बरिष्ठ लोकगायकका रुपमा परिचित लम्साल केही महिनादेखि बिरामी रहेका थिए ।

मौलिक गीतका धरोहर मानिएका लोकगायक लम्सालको शिरमा रिबन सलको पछेउरि,भिरमा टुनि,वलिङ्ग फिर फिरे,डोरिको तीन फुदा, ज्याग्दी खोलाको किनारै बसेर…बोलको गीत चर्चित थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस