कन्काई विकास बैंकको ३२ लाख कित्ता हकप्रद निष्कासन, साउन ९ देखि आवेदन खुला

काठमाडौं । कन्काई विकास बैंक लिमिटेडले ३२ लाख १० हजार कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । बैंकले प्रति कित्ता एक सय रुपैयाँ दरले एक कित्ता हुनेका लागि २ दशमवल १४ ( १ः २.१४) को अनुपातमा हकप्रद विक्री गर्ने भएको छ ।
बैंकले आगामी साउन ९ गतेबाट भदौ ११ गतेसम्म हकप्रदको आवेदन दिन पनि आग्रह गरेको छ भने १५ करोड रुपैयाँको चुक्ता पुँजी बढाउन ३२ करोड १० लाख रुपैयाँको उक्त सेयर जारी गरेको हो ।

असार १८ गतेभित्र कारोबार गरेको सेयरधनीले मात्रै हकप्रदको आवेदन दिन पाउने भएका छन् । यसको सेयर आवेदन कन्काई विकास बैंक, सिद्धार्थ बैंक तथा सिद्धार्थ क्यापिटलमार्फत दिन सकिने बै‌कले वताएकाे छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो । ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस