फाइल फाेटाे

भक्तपुरमा बर्डफ्लु : ११ हजार बढी कुखुरा र चल्ला नष्ट

काठमाडाैँ । भक्तपुरमा पनि कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीमा तीन वटा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ । कुखुरामा बर्डफ्लु देखिएपछि तीन वटा फार्मबाट ११ हजार बढी कुखुरा र चल्ला नष्ट गरिएको पशुसेवा विभागले जानकारी दिएको छ ।

विभागका अनुसार चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको हो । तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरिएको छ । फार्ममा पालिएका कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लु भेटिएको पशु विभागका पशु चिकित्सक डा. श्रीजा वाग्लेले जानकारी दिएका छन् ।

बर्डफ्लु थप फैलन नदिन पशुपंक्षी र पशुपंक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिन पनि उनको सुझाव छ । कुखुराको मासु राम्ररी पकाएर खान, पोल्ट्री फार्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिन, खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउन, काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गर्न, चल्ला र दाना खरिदकर्ताले बिक्री गर्ने स्वास्थ्य प्रमाणित भए/नभएको बुझ्न, फार्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्न पनि डा. वाग्लेको आग्रह छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दम्पतीहरूलाई आशावादी बनी अभिभावकत्वको सपना साकार पार्न इन्दिरा आईभीएफको आग्रह

काठमाडौं । एक अग्रणी प्रजनन केन्द्रका रुपमा परिचित इन्दिरा आईभीएफले दम्पतीहरूलाई आशालाई जीवित राख्दै आफ्नो …

प्रतिकृया दिनुहॊस