उपनिर्वाचनमा रवि लामिछानेलाई सहजै हराउँछौं : चितवन कांग्रेस

काठमाडौं – नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि चुनाव लड्न आए सहजै पराजित गरिने दाबी गरेका छन् ।

खनालले एक महिनामा सरकारको उपप्रधान तथा गृहमन्त्रीको पदमा बसेपछि रविको नागरिकता र पासपोर्टलगायत विवादका बारेमा जनता स्पष्ट भइसकेको भन्दै चितवन-२ मा कांग्रेसको पक्षमा जनलहर झन् बलियो भएको दाबी गरे ।

‘चितवन यस्तो ठाउँ हो, जहाँ राजनीति उतारचढाव आइराख्छ । ह्वात्तै आउने र केहीबेरमै सेलाउने व्यक्तिहरूलाई पनि चितवनका जनताले जिताए । तर अबको उपनिर्वाचनमा जनता सोचेर मात्र मत दिने मनस्थितिमा पुगेका छन् । मंसिर ४ को कुरा भनेको त्यतिबेला रविको हावा चलेको थियो । अब उनी उम्मेदवारको रूपमा उभिने हो भने कांग्रेसले सहज जित निकाल्न सक्छ,’ उनले भने ।

उनले चितवनको परिवेश र धरातल नबुझीकनै टिकट वितरण गरिएको आरोप लगाए । मंसिर ४ को निर्वाचनमा रविले ४९ हजार ३ सय मतले विजयी हुँदा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस