आत्मदाह गरेका आचार्यको परिवारले ५० लाख बीमा दाबी भुक्तानी पाउने

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत शुक्रबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई दाबी भुक्तानी गर्ने भएको छ । कम्पनीले आचार्यको परिवारलाई ५० लाख बीमादाबी भुक्तानी गर्ने भएको हो ।

कम्पनीका सूचना अधिकारी प्रदिप गौतमका अनुसार बीमा सम्झौताअनुसार बीमितले पाउने पैसा आफूहरुले कहिल्यै पनि नरोक्ने गरेको बताउँदै स्वर्गीय आचार्यको परिवारले पनि ५० लाख रुपैयाँ दाबी भुक्तानी पाउने बताए । ‘उहाँको तेस्रो वर्षको किस्ता भुक्तानी भएको छैन’, उनले भने, ‘बाँकी किस्ताको पैसा कट्टा गरी भुक्तानी गर्छौं ।’

तर, हालसम्म दाबी प्रक्रिया भने सुरु भएको छैन । दाबी भुक्तानी गर्न पत्राचार गरेको उनले जानकारी दिए । उनको परिवारले दाबी गरिसकेपछि भुक्तानी गर्ने उनको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अन्तराष्ट्रिय बीमा प्रशिक्षक झाद्वारा काठमाडौँमा नेपाल लाइफका ४०० बढी अभिकर्ता प्रशिक्षित

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार कालिमाटी आयोजना …

प्रतिकृया दिनुहॊस