बालविवाह गरी नेपाली नाबालिकलाई भारत लैजाँदै गरेका तीन भारतीय पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको एक टोलीले बालविवाह गराउने कार्यमा संलग्न रहेका तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरीको एक टोलीले भारतको जम्बु कश्मीरका ४० वर्षीय मो. रफिक खार, सोही ठाउँका २७ वर्षीय नुर जहान र ४१ वर्षीय गुलाब जिलानीलाई पक्राउ गरेका हुन् ।

उनीहरुले नबालिगसँग विवाह गरेर भारतको जम्बु कश्मीर लैजाँदै गरेको अवस्थामा सप्तरीको राजगढ गाउँपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार गुलाब जिलानीलाई ‘विवाह गराइदिन्छु’ भनी नेपाल ल्याई सप्तरीकै महादेवा गाउँपालिका–१ की १७ वर्षीया किशोरीसँग विवाह गराई चारैजना भारततर्फ जाँदै थिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बनैनियाबाट खटिएको टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

‘अनुसन्धान गर्दा मो. रफिक खार, नुर जहानले गुलाब जिलानीलाई नाबालिगसँग विवाह गराई भारततर्फ लान खोजेको खुल्न आएको हुँदा उनीहरूउपर बालविवाहसम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको छ,’ सिंहले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा …

प्रतिकृया दिनुहॊस