सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्चमा पुनरवलोकन निवेदन

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमै पुनरवलोकलन निवेदन दायर भएको छ ।

नेपाली टोलीका पूर्व कप्तान समेत रहेको लामिछाने नाबालिकलाई बलात्कार गरेको अभियोजमा पुर्पक्षका लागि थुनामा थिए । तर, उनलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको थियो ।

उनलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको थियो । तर, त्यो आदेश उल्ट्याउँदै उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशअनुसार धरौटी बुझाएर छुटेका सन्दीपलाई छोड्ने उक्त आदेशमाथि पुनरवलोकन गर्न माग गर्द निवेदन दायर गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस