अस्ट्रेलियामा बिरामी कुट्ने नेपाली नर्स पक्राउ

काठमाडौँ । बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा अस्ट्रेलियामा एक नेपाली नर्स पक्राउ परेकी छन् । नाइनन्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको आरोपमा पक्राउ गरिएको हो ।

एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई कुटपिटको कसुरमा जेल सजाय हुन सक्ने बताइएको छ ।

उनले वृद्ध हेरचाह गृहका वृद्ध बिरामीहरूलाई थप्पड हाने र धकेलेको स्वीकार गरेकी छन् । वर्किङ भिसामा अस्ट्रेलिया पुगेकी पाण्डे इपिङस्थित एस्टिया हेल्थमा कार्यरत थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

काठमाडौं । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण …

प्रतिकृया दिनुहॊस