कमलामाईको सेवा : सिन्धुली अस्पताल र बसपार्कमा फ्री वाइफाई

काठमाडाैँ । सिन्धुलीकाे कमलामाई नगरपालिका सिन्धुलीले सार्वजनिकस्थलमा फ्री वाइफाई सेवा दिएको छ । सिन्धुली अस्पताल र सिन्धुली बसपार्कमा निःशुल्क इन्टरनेटको सुविधा दिएको हो ।

इन्टरनेट प्रयोगकर्ताले सदरमुकामका यी दुई स्थानबाट २४औँ घण्टा फ्री वाइफाईको सुविधा लिन सक्ने नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । यात्रु र अस्पतालका सेवाग्राहीलाई लक्षित गरेर उक्त सेवा प्रवाह गरिएको उहाँको भनाइ छ । सूचना र सञ्चारको पहुँच बढाउन नगरभित्रका सार्वजनिकस्थलमा यसको विस्तार गर्दै जाने उहाँले सुनाउनुभयो ।

‘उपचार लिन आउने बिरामी, बिरामीका कुरुवा र बसपार्कमा बसको प्रतीक्षामा बस्ने यात्रुहरूका लागि आइतबारबाट फ्री वाइफाईको सेवा शुभारम्भ गर्‍यौँ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा व्यस्त चोक र अन्य आवश्यकता पर्ने सार्वजनिक स्थानमा यसको सेवा विस्तार गर्दै जानेछौँ ।’

मोबाइलमा ब्यालेन्स सकिएर पट्यारलाग्दो अवस्थामा बिरामीलाई कुर्नुपर्दा समय कटाउन नगरले दिएको यस सेवाले सहयोग गर्ने उहाँको तर्क छ । त्यस्तै, बस कुर्ने वा बस हिँड्ने समयको प्रतीक्षा गरेर बसपार्कमा बसिरहेका यात्रुलाई पनि फाइदा हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार सदरमुकाममा रहेको बसपार्क र सिन्धुली अस्पतालमा फ्री वाइफाई जडान गर्दा ४९ हजार ५९० रुपैयाँ खर्च भएको छ । नगरले निःशुल्क उपलब्ध गराएको फ्री वाइफाई सेवाको सदुपयोग गर्न सेवाग्राहीलाई उहाँको आग्रह छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस