फेवा र गण्डकी विकास बैकबीच मर्ज सम्पन्न

पोखरा । कास्की जिल्लामा स्थापित फेवा विकास बैक लिमिटेड र गण्डकी विकास बैक लिमिटेड एक आपसमा मर्ज भई गण्डकी विकास बैकको नामबाट एकिकृत कारोबार भएको छ । बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपाल सूचना प्रविधिको माध्यमबाट बैकको समुद्घाटन गरेका छन् ।साविक फेवा विकास बैकका लिमिटेडका अध्यक्ष विन्दु कुमार थापाको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि, राष्ट्र बैकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख पोमनाथ गौतम, विकास बैक एशोसियसनका अध्यक्ष भरतराज ढकाल, साविक गण्डकी विकास बैकका अध्यक्ष पद्म ्रसाद पौडेल, नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा उद्योग बाणिज्य सघंका अध्यक्ष विश्व शंकर पालिखेले पनि शुभकामना व्यक्त गरे । बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले मर्जपछि बैकको कुल चुक्ता पूँजी रु. १ अर्ब ८४ करोड, निक्षेप रु. १८ अर्ब २३ करोड, कर्जा रु. १६ अर्ब ४७ करोड, ग्राहक संख्या २ लाख पचास हजार, कर्मचारी ४०० जना, ५० वटा शाखा, २१ वटा ए.टि.एम पुगेको जानकारी दिए । मर्जपछि अध्यक्षमा जगन बहादुर गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृतमा रेशम बहादुर थापा भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस