आइटम गीतका लागि दुई करोड पारिश्रमिक

एजेन्सी । चलचित्र ‘वाल्टेयर विरैया’को आइटम गीतका लागि अभिनेत्री उर्वशी रौतेलाले करोडौं पारिश्रमिक लिनुभएको छ । उहाँले तीन मिनेटको गीत ‘बस पार्टी’ मा नृत्यका लागि दुई करोड भारतीय रूपैयाँ पारिश्रमिक लिनुभएको हो ।

दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र उर्वशीको अभिनय रहेको यो भिडियो गीतले राम्रो चर्चा पाइरहेको छ भने, चलचित्रको कमाई पनि उत्कृष्ट रहेको छ । चिरञ्जीवीले यो चलचित्रमा काम गरेबापत करिब ५० करोड भारतीय रूपैयाँ लिनुभएको थियो । चलचित्रका खलनायक प्रकाश राजले भने उर्वशीले जति शुल्क पनि लिनुभएको छैन ।

प्रकाश राजले भिलेनको भूमिका निभाउन १.५ करोड भारु पारिश्रमिक लिनुभएको छ । चलचित्रका अर्का मुख्य कलाकार रवि तेजाले १७ करोड पारिश्रमिक लिनुभएको सार्वजनिक भएको छ । यस्तै चलचित्रकी अभिनेत्री श्रुति हसनले २.५ करोड भारु पारिश्रमिक लिनुभएको छ ।

जनवरी १३ मा प्रदर्शनी भएको यो चलचित्र एक एक्सन ड्रामा हो । चलचित्रमा चिरञ्जीवी डनको भूमिकामा देखिनुभएको छ भने रवि तेजाले एसिपी विक्रम सागरको भूमिका निभाउनुभएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस