अमेरिकी उपविदेशमन्त्री नुल्याण्डको टोली काठमाडौं आइपुग्यो

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेतृत्वको टोली काठमाडौं ओलिएको छ । अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्दै आएकी भिक्टोरिया नेतृत्वको टोली केहीबेर अघि काठमाडौं आइपुगेको विमानस्थलका एक अधिकारीले जानकारी दिएका छन् ।

नेपालका लागि अमेरिकी राजदूत डीआर थम्सनलगायतको दूतावासको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन् । उपविदेशमन्त्री भिक्टोरियाको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी नदिए पनि नेपाल बसाईका क्रममा उनको उच्चस्तरीय भेटवार्ता हुनेछ । भिक्टोरियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेतासँग भेटने कार्यक्रम छ ।

उनले परराष्ट्रमन्त्री विमला पौड्यालसँग पनि भेटवार्ता गर्नेछिन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बनेपछि भिक्टोरियाको भ्रमण नै उच्चस्तरीय कुटनीतिज्ञको पहिलो नेपाल भ्रमण हो । उपविदेशमन्त्री भिक्टोरियासँगै उपसहायक मन्त्री नेन्सी ज्याक्सन र अमेरिकी विदेश मन्त्रालयकी म्यारी फ्रेङ्गाकिस समेत नेपाल आएका छन् । अमेरिकी भ्रमण टोली फ्लाइ दुवईबाट नेपाल आएका हुन् । टोली सोमबार भारत जाने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब घरको डाक्टरले दिनेछन् घर निर्माण लागत घटाउने परामर्श

काठमाडौं । घर तथा बिल्डीङ्ग निमार्ण सम्बन्धि चुनौतीहरूको पहिचान र समाधान गर्न विगत छ वर्ष …

प्रतिकृया दिनुहॊस