राजीव गान्धी र सिएमसीबीच प्रविधि आदानप्रदान सम्झौता

काठमाडाैँ । भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक प्रा डा सुधिरकुमार रावल र चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार राजीव गान्धीका विज्ञ चिकित्सकले सिएमसीका चिकित्सकलाई तालिम दिनुहुने चितवन मेडिकल कलेजका शैक्षिक विभाग निर्देशक प्रा डा गोपेन्द्रप्रसाद देवले बताए । राजीव गान्धीका चिकित्सकसहित सिएमसीमा क्यान्सर परीक्षण तथा उपचार शिविर समेत सञ्चालन गरिने छ ।

नेपालका विभिन्न ठाउँमा सिएमसीले आयोजना गर्ने शिविरमा राजीव गान्धीका चिकित्सक सहभागी हुनेछन् । उनले भने, ‘अस्पतालमा र बाहिर हामीले जहाँ क्यान्सर परीक्षण शिविर राख्छौँ त्यहाँ राजीव गान्धीका चिकित्सक आउनु हुन्छ ।’ क्यान्सर अनुसन्धानमा पनि सहयोग आदान प्रदान हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपन्न नागरिक उपचार निर्देशिका जारी, कुन कुन रोगमा पाइन्छ सहुलियत ?

काठमाडौँ । सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई …

प्रतिकृया दिनुहॊस