सुर्खेतका ५ जनामा दादुरा संक्रमण पुष्टि

काठमाडाैं । सुर्खेतमा ५ जना दादुराका बिरामी भेटिएका छन् । सुर्खेतका तिन वटा पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अहिले वीरेन्द्रनगरमा तिन गुर्भाकोट र चिङगाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए । छिमेकी जिल्ला बाँकेमा दादुराको संक्रमण तीव्र भइहरेको बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपनाउन उनले सुझाव पनि दिए ।

दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाई छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाउँमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको जनाइएको छ । नेपालले सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो । तर अहिले पनि दादुराका बिरामी भेटिन थालेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस