राप्रपा नेपालले एकताका लागि बनायो वार्ता टोली

काठमाडौं । राप्रपा नेपालले एकताका लागि वार्ता कमिटी गठन गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौंमा बसेको राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्न कमिटी गठन गरेको हो।

उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरेको छ।

वार्ता कमिटीका सदस्य राजाराम बर्तौलाका अनुसार पार्टीले अवलम्बन गरेको नीति,बिचारसङ्ग सहमत हुने पार्टी ,संघसंस्था , समूहसङ्ग वार्ता गरि राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मूर्त रुप दिन यो कमिटीले काम गर्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस