सैनिक जवान बालाजुको गेस्ट हाउसमा मृत्त भेटिए

काठमाडौं । ललितपुरको लेलेमा तालिम गरिरहेका एक सैनिक जवान गेस्ट हाउसको कोठामा झुण्डिएको अवस्थामा मृत्त फेला परेका छन् । ललितपुरको लेलेमा तालिमरत ३० वर्षीय सैनिक जवना बिनायक कार्की बालाजुको रसुवा गंगाजल गेस्ट हाउसको १०२ नम्बर कोठमा झुण्डिएको अवस्थामा मंगलबार फेला परेका हुन् ।

उनी तालिम लिइरहेको ब्यारेकबाट दुई दिनको बिदा लिएर हिँडेका थिए । आइतबार उक्त गेस्ट हाउसमा कोठा लिएर बसेका उनलाई मंगलबार मृत अवस्थामा भेटिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले यसबारेमा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोकमा जन्ती सवार बस भीरमा खस्यो : तीन जनाको घटनास्थलमै मृत्यु, ५२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको …

प्रतिकृया दिनुहॊस