गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ आज

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । संवैधानिक इजलासले पेशी सार्न नमिल्ने र अग्राधिकारसमेत दिएकाले लामिछानेविरुद्धको मुद्दाको आजै फैसला बहस हुने सम्भावना बलियो छ । संवैधानिक इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।

यसअघि अमेरिकाको नागरिकता भएकै समयमा नेपाली नागरिकता प्रयोग गरेर पासपोर्ट बनाएको भन्दै लामिछानेलाई सांसदका रूपमा शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश अस्वीकार गरिएपनि उक्त प्रयोजनका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । संवैधानिक इजलासले बहस सुनेपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

पुस २२ गते भएको उक्त सुनुवाइपछि कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसहित ५ जना वरिष्ठतम न्यायाधीशको इजलासले दुवै पक्षबाट पेशी सार्न नमिल्ने र अग्राधिकारसहित आज (माघ ११ गते)का लागि पूर्ण सुनुवाइको पेशी तोकिएको थियो । लामिछानेको नागरिकता सम्बन्धी विवादमा अहिले काठमाडौँ प्रहरी परिसरले पनि अनुसन्धान गरिरहेको छ ।

चितवनबाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा उपप्रधान तथा गृहमन्त्री छन् । प्रतिनिधि सभाका २ सय ७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस