कुमारी बैंकको नाफा ६ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म कुमारी बैंक लिमिटेडले एक अर्ब एक करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा यसको नाफा ६.३४ प्रतिशतले वृद्धि भएको हो ।

यो बैंकले एनसीसी बैंकलाई मर्जर गरी गत पुस १७ गतेदेखि एकीकृत कारोबार गरेको थियो । गत वर्षको पुस मसान्तसम्म यो बैंकले ९५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले खुद ब्याज आम्दानीबाट चार अर्ब २४ करोड ६ लाख रुपैयाँ कमाइ गरेको छ । गत वर्षको दोस्रो त्रैमासम्म यो बैंकाले खुद ब्याज आम्दानीमार्फत दुई अर्ब ६२ करोड ३५ लाख रुपैयाँ कमाइ गरेको थियो ।

त्यस्तै, बैंकले एक अर्ब ५७ करोड ३३ ललाख रुपयाँ सञ्चालन नाफा गरेको छ । त्यसैगरी बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । बैंकले जगेडा कोषमा १२ अर्ब पाँच करोड ७७ लाख रुपैयाँ रकम जम्मा गरेको छ ।

बैंकको खराब कर्जा वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्म १.०६ प्रतिशत रहेको बैंकको खराब कर्जा हाल बढेर ३.१५ प्रतिशत कायम भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त

काठमाडौँ । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मन्जिला डंगोललाई नियुक्त गरिएको …

प्रतिकृया दिनुहॊस