सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन खुला

काठमाडौं । सनराइज क्यापिटलले मंगलबार (माघ १० गते) देखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गरेकाे छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन तथा बिक्री खुला गरेकाे हो ।

क्यापिटलले सोमध्ये १५ प्रतिशत इकाई कोष प्रबर्द्धक सनराइज बैंकलाई सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्रीकाे लागि राखेकाे हाे । क्यापिटलकाे अनुसार लगानीकर्ताले न्यूनतम १०० इकाईका र अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा माघ १३ गते र पूर्ण आवेदन नपरेमा माघ २४ गतेसम्म लम्बिने क्यापिटलले जानकारी दिएकाे छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो । योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ६ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ ।

यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ । सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस