डिशहोम फाइबरनेटको जनकपुरमा पनि वितरण शोरुम

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले जनकपुरमा पनि वितरण सोरुम शुभारम्भ गरेको छ ।

यस सोरुमको उद्घाटन डिसहोमका वरिष्ठ बिक्री प्रबन्धक मनोज शर्मालगायतको उपस्थितिमा सम्पन्न भयो । विगत लामो समयदेखि डिस मिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डीटीएच सेवा ग्राहकहरूमाझ पुर्‍याउँदै आएका न्यु लक्ष्मी इन्टरप्राइजले अब डिसहोम फाइबरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुममार्फत दिने कम्पनीको भनाइ छ ।

न्यु लक्ष्मी इन्टरप्राइजले ५ हजार ५ सयभन्दा धेरै ग्राहकलाई डिसहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको र सोरुम स्थापनाले थप ग्राहकमाझ इन्टरनेट सेवा विस्तार हुने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस