राष्ट्रिय नेतृत्वको अभाव खट्कियो, सत्ताकाे राजनीतिकाे दबदबा बढ्याे : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देशमा निष्ठाको राजनीति किनारा लागेको र सत्ताको राजनीतिको दबदबा बढेको उनले बताए । छातीमा हाल राखेर राष्ट्र जोगाउन लाग्नु पर्ने बताए । अहिले राजनीतिक दलहरुले भाषण र गराईमा फरक रहेको उनले बताए ।

‘संसदमा १५ मिनेटसम्म बोल्ने नेताले एकातिर जाने लक्ष्यको कुरा गरे,’ उनले भने, ‘तर, भोट चाहिँ हामी यसलाई हाल्छौँ भन्नुको अर्थ के हो आत्मविश्वासको कमी हो कि । यस्तो विरोधाभाष किन ?

सत्ताको खेलबाट लोकतन्त्र जकडिएको अवस्थामा रहेकोले लोकतन्त्रलाई सबल बनाएर अघि बढ्न दलीय सहमति आवश्यकता रहेको उनले बताए ।

सामाजिक, सांस्कृति मूल्यमान्यताको स्खलन र आम जनताको छाएको निराशा पनि अहिलेको राष्ट्रिय संकट बनेकोले यसबाट मुलुकलाई निकास दिनु पर्ने उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस