सिडकी एसिसिए विद्यार्थी इमा विश्वकै सर्वोत्कृष्ट

काठमाडौं । सिड फाइनान्सियल एकेडेमीकी एसिसिए विद्यार्थी इमा घिसिङले डिसेम्बर २०२२ को परीक्षामा एसिसिएका दुई प्रश्नपत्रमा शीर्षस्थान हासिल गर्नुभएको छ । विश्वभरका हजारौं विद्यार्थीलाई पछि पार्दै घिसिङले ट्याक्सेसनमा ९९ प्रतिशत र अडिट एण्ड अस्युरेन्समा ८६ प्रतिशत अंक प्राप्त गर्नुभएको हो ।

उहाँले अडिट एण्ड अस्युरेन्स र ट्याक्सेसनमा क्रमशः १२ हजार सात सय ५० र ११ हजार सात सय ८८ विद्यार्थीमध्ये विश्वव्यापीरूपमा पहिलो स्थान हासिल गरेको बताइएको छ । एसिसिए योग्यतालाई लेखा र वित्त क्षेत्रमा व्यावसायिक योग्यताको मापदण्डका रूपमा व्यापकरूपमा मान्यता दिइन्छ । एसिसिए सदस्य तथा सिड फाइनान्सियल एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अनन्त गौतमले भन्नुभयो, ‘इमाको यस उपलब्धिमा म असाध्यै गौरवान्वित र हर्षित भएको छु र यो घिसिङको कडा परिश्रम र लगनशीलताका साथै संस्थाले प्रदान गरेको शिक्षाको गुणस्तरको प्रमाण पनि हो ।’

घिसिङको उपलब्धि विद्यार्थीलाई लेखा र वित्तको प्रतिस्पर्धात्मक क्षेत्रमा सफल हुन आवश्यक ज्ञान र सीप प्रदान गर्न प्रतिष्ठित संस्था सिड फाइनान्सियल एकेडेमीका लागि पनि ठूलो उपलब्धि भएको उहाँको भनाइ छ । सिड फाइनान्सियल एकेडेमी नेपालमा एसिसिए अध्यापन गराइने संस्थामध्येको एक संस्था हो । सिड फाइनान्सियल एकेडेमी गोल्ड स्वीकृत लर्निङ पार्टनर हो, एसिसिए, युकेको लाइसेन्स प्राप्त सिबिई सेन्टर रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इजरायलले सुरु गर्‍यो इरानमाथि आक्रमण, विश्वबजारमा सुन र तेलको भाउ बढ्यो

काठमाडौं । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरूले एउटा इजरेली क्षेप्यास्त्र इरानमा …

प्रतिकृया दिनुहॊस